Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहत लुट्ने पाँच जना पक्राउ


    आइतबार, बैशाख ७ २०७७
    845
    Shares
  • १ मिनेट पाठ
  • पर्सा, ७ बैशाख । पर्सामा शनिबार राहत वितरण भइरहेको बेलामा राहत लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पर्सागढी नगरपालिका ५ मा  राहत वितरण भइरहेको बेला केही व्यक्तिहरूले विवाद गरेका थिए।

    विवादकै क्रममा ढुङ्गामुढा समेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    वडा नम्बर ६मा ट्याक्टरबाट राहत लग्दै गर्दा पाँच जना व्यक्तिले ८४ पोका राहतका सामग्री लुटेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    ५५ वर्षीय दर्शन रायभर, ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय श्याम कुमार शर्मा, २२ वर्षीय चन्द्रकिशोर साह र १८ वर्षीय सम्सुल हवारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार