Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित भेटिएको अफवाह फैलाउन पक्राउ


    आइतबार, बैशाख ७ २०७७
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ बैशाख । सामाजिक सञ्जालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेको भन्दै  अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् ।

    इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका थिए । यसबारे उजुरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका उनीमथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार