काठमाडौं । नेपाली काङग्रेस पार्टीका शुभेच्छुक संस्थाहरु अस्तब्यस्त बनेका छन् । नेपाल निजामती कर्मचारी युनियन अध्यक्ष गोपाल पोखरेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल र महासचिव जनक रावलको विवादले उच्च अदालतमा मुद्दासम्म परेको छ ।
गोपाल पोखरेल र उत्तम कटुवालले बिधानबिपरीत निर्णय गराएको हुँदा उक्त निर्णय बदर गराउन जनक रावल समूह उच्च अदालत जान बाध्य भएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन पछिल्ला दिनमा द्वन्द र विवादको केन्द्र भएको छ । विवाद ब्यवस्थापनमा पार्टीको ध्यान पुगेको छैन । निजामती ऐन निर्माण हुन लागेको छ । निजामती कर्मचारी धेरै समस्याबाट पीडित छन् । तर पदाधिकारीहरु स्वार्थको लडाइँमा लागेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघमा अध्यक्ष रामजी घिमिरे र महासचिव दिपकराज भट्टको बर्षौदेखिको विवाद पनि पार्टीले हल गर्न सकेको छैन । विवाद समाधान नभएपछि नेपाल स्वास्थ्यकर्मी संघ निजामती सेवा ऐन अनुसार दर्ता भएको ट्रेड युनियन नवीकरण हुन नसकेर खारेज भएको छ । महाधिबेशन भएको लामो समय भएर पदाबधि सकिंदा पनि नयाँ महाधिवेशनको शुरुवात छैन ।
नियमानुसार ट्रेड युनियन दर्ताको शुरुवात छैन । रामजी घिमिरे सरकारी सेवाबाट निबृत्त पश्चात् श्रम ऐन, ट्रेड युनियन ऐन अनुसार प्रतिष्ठानस्तरमा दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघको प्रमाणपत्र बोकेर नेपाल ट्रेड युनियन काङ्ग्रेसको अफिस जाने गरेका छन् ।
स्वास्थ्य स्वयंसेवी संघ हेभोन नामक महिला स्वास्थ्य स्वयंसेविकाको नाममा पीएसआई इन्टरनेशनल र यूएनआइबाट बिदेशी फन्ड डलर ल्याएर डलर खेती गरिरहेका छन् । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल नर्सिङ युनियनको स्थापनाकालदेखि जानकी केसी हालसम्म अध्यक्ष छन् । नयाँ महाधिबेशन भएको छैन ।
प्रजातन्त्रवादी चिकित्सक संघको पनि अवस्था प्रभावकारी छैन । नेपालका ट्रेड युनियनहरु अमेरिकन डिप स्टेटको प्रभावमा रहेका छन् । आइएलओ १६९ पास गराउन नेपालका धेरै नेताहरुलाई प्रभावमा पारेको अमेरिकी पूर्व सिआईएका पदाधिकारीले बताएका छन् । यो लगानी समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकासम्म आएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend