काठमाडौं । नेपाली काङग्रेस पार्टीका शुभेच्छुक संस्थाहरु अस्तब्यस्त बनेका छन् । नेपाल निजामती कर्मचारी युनियन अध्यक्ष गोपाल पोखरेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल र महासचिव जनक रावलको विवादले उच्च अदालतमा मुद्दासम्म परेको छ ।
गोपाल पोखरेल र उत्तम कटुवालले बिधानबिपरीत निर्णय गराएको हुँदा उक्त निर्णय बदर गराउन जनक रावल समूह उच्च अदालत जान बाध्य भएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन पछिल्ला दिनमा द्वन्द र विवादको केन्द्र भएको छ । विवाद ब्यवस्थापनमा पार्टीको ध्यान पुगेको छैन । निजामती ऐन निर्माण हुन लागेको छ । निजामती कर्मचारी धेरै समस्याबाट पीडित छन् । तर पदाधिकारीहरु स्वार्थको लडाइँमा लागेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघमा अध्यक्ष रामजी घिमिरे र महासचिव दिपकराज भट्टको बर्षौदेखिको विवाद पनि पार्टीले हल गर्न सकेको छैन । विवाद समाधान नभएपछि नेपाल स्वास्थ्यकर्मी संघ निजामती सेवा ऐन अनुसार दर्ता भएको ट्रेड युनियन नवीकरण हुन नसकेर खारेज भएको छ । महाधिबेशन भएको लामो समय भएर पदाबधि सकिंदा पनि नयाँ महाधिवेशनको शुरुवात छैन ।
नियमानुसार ट्रेड युनियन दर्ताको शुरुवात छैन । रामजी घिमिरे सरकारी सेवाबाट निबृत्त पश्चात् श्रम ऐन, ट्रेड युनियन ऐन अनुसार प्रतिष्ठानस्तरमा दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघको प्रमाणपत्र बोकेर नेपाल ट्रेड युनियन काङ्ग्रेसको अफिस जाने गरेका छन् ।
स्वास्थ्य स्वयंसेवी संघ हेभोन नामक महिला स्वास्थ्य स्वयंसेविकाको नाममा पीएसआई इन्टरनेशनल र यूएनआइबाट बिदेशी फन्ड डलर ल्याएर डलर खेती गरिरहेका छन् । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल नर्सिङ युनियनको स्थापनाकालदेखि जानकी केसी हालसम्म अध्यक्ष छन् । नयाँ महाधिबेशन भएको छैन ।
प्रजातन्त्रवादी चिकित्सक संघको पनि अवस्था प्रभावकारी छैन । नेपालका ट्रेड युनियनहरु अमेरिकन डिप स्टेटको प्रभावमा रहेका छन् । आइएलओ १६९ पास गराउन नेपालका धेरै नेताहरुलाई प्रभावमा पारेको अमेरिकी पूर्व सिआईएका पदाधिकारीले बताएका छन् । यो लगानी समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकासम्म आएको छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend