Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कांग्रेसनिकट स्वास्थ्यकर्मी संघ तीन टुक्रामा बिभाजित, महाधिवेशन उदघाटन गर्न शीर्षनेता गएनन् ?


    शनिबार, पुष १२ २०८२
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ तीन टुक्रामा बिभाजित भएको छ ।

    सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको एउटा गुटले हालै रुपन्देहीमा अधिवेशन गरी दीपक भट्टलाई अध्यक्ष चयन गरेको छ । जो सरकारी कर्मचारी नभई एउटा आईएनजीओमा कार्यरत रहेका छन् ।

    आईएनजीओमा केही बर्ष काम गरेका उनी अहिले अर्को आयोजनामा कार्यरत छन् । संघकी कार्यवाहक अध्यक्ष रमिला चौलागाई नै उपस्थित नभएको अधिवेशनले भट्टलाई अध्यक्ष बनाएको हो ।

    रामजी घिमिरेले अध्यक्षबाट राजीनामा दिएपछि कार्यबाहक अध्यक्ष भएकी चौलागाईं धरानमा अध्ययनमा रहेकाले उपस्थित भइनन् । देशभर जिल्ला अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने सघको बिधानमा उल्लेख छ । तर, २५ जिल्लामा झारा टारेजस्तो अधिवेशन गरी भट्ट समूहले गरेको महाधिवेशनले बैधानिकता नपाउने चौलागाई पक्षले दाबी गर्दैआएको छ ।

    कार्यवाहक अध्यक्ष चौलागाईले बैशाखमा महाधिवेशन गर्छु भन्दैआएकी छन् । असाधारण बिदा लिएर आयोजनामा कार्यरत भट्ट यसअघि महासचिव थिए ।
    श्रम बिभागमा दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघ बि.स. २०७९ देखि नवीकरण भएको छैन । नवीकरण गर्न संघ मातहत रहेका पाँच हजार स्वास्थ्यकर्मीको हस्ताक्षर चाहिन्छ तर अहिले स्वास्थ्य मन्त्रालय मातहत करिब ३ हजारमात्र कर्मचारी छन् । तीमध्ये आधा प्रशासन समूहका छन् । नवीकरण गर्नका पाँच हजार हस्ताक्षर पुर्याए ती हस्ताक्षर प्रमाणित गर्दा कीर्ते ठहरिने अवस्था हुन्छ ।

    दीपकराज भट्ट आफूमात्र संघमा भए पनि उपाध्यक्ष, महासचिवलगायत सबै सदस्य पदाधिकारी स्थानीय र प्रदेशमा समायोजन भइसकेका छन् । नेपाल स्वास्थ्यकर्मी संघमा बिबाद भएकाले उदघाटन कार्यमा मुख्य अतिथि पाउन निकै कठिन भयो । भट्टले पहिला कार्यवाहक सभापति पूर्ण खड्कालाई निमन्त्रणा दिएका थिए । उनले समय दिएनन् । त्यसपछि गगनलाई भनियो, उनले पनि समय दिएनन् ।

    त्यसपछि धनराज गुरुङ र प्रदीप पौडेललाई भने पनि उनीहरू पनि बिबाद भएकाले संघमा गएनन् । अन्तमा भैरहवामा रहेका भरतकुमार शाहबाट उदघाटन गराएका थिए ।

    यसैबीच, कांग्रेसको शुभेच्छुक संस्था स्वास्थ्यकर्मी संघको १५ बर्ष अध्यक्ष भएका रामजी घिमिरेले जागिरबाट राजीनामा दिएपछि प्राइभेट अस्पतालमा कार्यरत केही कर्मचारीहरुलाई लिएर अर्को संघ गठन गरेका छन् ।

    अन्तर्राष्ट्रिय संस्थाहरुबाट डलर सहयोग आउने भएकाले घिमिरेले संघ फुटाएका छन् । सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुको आधिकारिक संघको कार्यवाहक अध्यक्ष रमिला चौलागाई छन् । चौलागाई समूहले नेपाली कांग्रेसको महाधिवेशनपछि मात्र महाधिवेशन गर्ने बताइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार