काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ बिभाजित भएको छ ।
निजीस्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरूको प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गरेर पूर्वअध्यक्ष रामजी घिमिरे पुनः अध्यक्ष बनेका छन् । सरकारीस्तरको ट्रेड युनियन श्रम बिभागमा नवीकरण हुन सकेको छैन ।
शुभेच्छुक संस्था भएकाले पार्टी महाधिवेशनमा पाँच जना भोटर जाने हुँदा कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको डिजाइनमा शीघ्र महाधिवेशनको नाटक गरिएको आरोप लागेको छ ।
शेखर पक्षका मिनराज पन्थी, महेन्द्र थापा, रामजी घिमिरे मिलेर सर्जिकल सामानको सप्लाईको संयुक्त ब्यापार पनि गरिरहेका छन् ।
कांग्रेसनिकट स्वास्थ्यकर्मी संघको पूर्व नेता भन्दै उनले अस्पतालहरुमा सर्जिक सामान आपूर्तिको काम लिने गरेका छन् ।
सरकारी सेवामा हुँदा पनि आजीवन जस्तै सरकारी र निजी दुबै क्षेत्रको स्वास्थ्यकर्मी संघको अध्यक्ष रहेका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा निलम्बन गर्दा पनि पद नछोडी टाँसिएर बसेका थिए ।
जीवनभर सरकारी निजी दुवैको अध्यक्ष भएका ब्यक्ति सरकारीबाट निबृत्त हुने बित्तिकै संघ फुटाएर निजी अस्पतालहरुका स्वास्थ्यकर्मी संघको अध्यक्ष भएकोमा सरकारी पक्षका दीपकराज भट्टसहितले नेपाली कांग्रेस पार्टी, नेपाल ट्रेड युनियन काङग्रेस र श्रम बिभागमा लिखित उजुरी दिएका छन् ।
पदलोलुप घिमिरेले संघ बिभाजन गरेकोमा आक्रोश, आजीवन र मरणोपरान्त अध्यक्ष घोषणा गरोस्
शेखर कोइरालानिकट मिनराज पन्थीलाई लिएर संघ बिभाजन गरेका घिमिरेमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दैनिक जाने, कर्मचारी सरुवाको दबाब दिने गरेको आरोप छ ।
नेपाल स्वास्थ्यकर्मी संघको १५ बर्षभन्दा बढी अध्यक्ष भएका र २०८२ भदौबाट उमेर हदका कारण नेपाल सरकारबाट अनिवार्य अवकास भएपछि उनले संघ बिभाजन गरेकोमा पनि संघभित्र चर्को बिरोध भएको छ । अनिवार्य अवकाश भएपछि मात्र घिमिरेले २०८२ कार्तिक महिनामा संघबाट राजीनामा दिएका थिए ।
स्वास्थ्यकर्मी संघले आगामी २०८२ पुस १० देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा राष्ट्रिय महाधिवेशन तय गरेको छ । तर महाधिवेशनको मिति तय भइसकेपछि पूर्वअध्यक्ष घिमिरेले सम्पूर्ण केन्द्र तथा जिल्ला मातहतका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरुलाई समेत जानकारी नै नदिई केही २५–३० जना सीमित व्यक्तिहरुलाई काभ्रेमा भेला गरी २०८२ मंसिर २७ गते नयाँ कार्यसमिति मनोनीत गरेकोप्रति संघले घोर आपति प्रकट गरेको छ ।
साथै १५ बर्षको अनवरत कार्यकालमा पदलोलुप अध्यक्ष घिमिरेमाथि संस्थाको नाममा भित्तेपात्रो प्रकाशन नगरी कोष अपचलन, विभिन्न दातृ निकायबाट प्राप्त कोषको हिनामिना तथा व्यक्तिगत प्रयोग, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको रकम अपचलन, अध्ययनमा रहेको महिला उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिएको, कार्यालय सचिवलाई तलब निकासा बढी गरी भुक्तानी कम गरी श्रम शोषण गरेको बिषयमा समेत संघकोे बिज्ञप्तिमा छानबिन गर्न माग गरिएको छ । \
घिमिरेले संघका सम्पूर्ण कागजात लुकाएको, पार्टी केन्द्रीय बिभागलाई गुमराहमा पारेर ९९ प्रतिशत जिल्लालाई समेत बाइपास गरी हैकमबादी चरित्र देखाएकाले संघको गरिमामा आँच आउनेगरी धोकाधडी गरेकाले निजलाई यथाशीघ्र विधान अनुरुप कारवाही गर्न माग गरिएको छ ।
संघले नेपाली कांग्रेस पार्टीसहित ट्रेड युनियनलाई बुझाएको बिज्ञप्तिमा ब्यंग्य गर्र्दै घिमिरेलाई आजीवन र मरणोपरान्त अध्यक्ष घोषणा गर्न अनुरोध गरेको छ ।
संघको विज्ञप्ति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend