काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीका शुभेच्छुक संस्थाहरुमा अप्रजातन्त्रिक क्रियाकलापले सीमा नाघेको छ । शुभेच्छुक संस्थाका नेतृत्वका क्रियाकलापले जग हँसाउने काम गरेको छ ।
जहिले पनि भाँडभैलो मच्चिने गरेको कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनमा अर्को काण्ड घटेको छ । यसअघि निवर्तमान अध्यक्ष गोपाल पोखरेल र केन्द्रीय समितिको बैठकबाट आफूलाइ जबर्जस्ती अध्यक्ष घोषणा गरेका बर्तमान कार्यवाहक अध्यक्ष उत्तम कटुवालले बिधानबिपरीत निर्णय गरेको बिषय अदालतसम्म पुगेको थियो ।
गएको बैशाखमा आफू अनिवार्य अवकाशमा गएपश्चात् गोपाल पोखरेलले उत्तम कटुवाललाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएर गएका थिए । हालै उत्तम कटुवालले केन्द्रीय समितिको बैठकबाट आफूलाई अध्यक्ष भएको घोषणा गरेका छन् भने उपाध्यक्ष रहेका यज्ञ ओलीलाई बरिष्ठ उपाध्यक्षको पदमा बढुवा गरेका छन् । महाधिवेशनबाट कुनै पनि पदमा निर्वाचित अथवा सर्वसम्मत हुने ब्यवस्था छ ।
केन्द्रीय समितिको बैठकबाट भागशान्ति पद बाँडेर लिने बिधानलाई टोकरीमा मिल्काउने अप्रजातान्त्रिक काम प्रजातन्त्रवादी पार्टी नेपाली काङ्ग्रेसकै शुभेच्छुक संस्थामा भएको छ । जुन सुहाउने बिषय नभएको भन्दै उपाध्यक्ष यज्ञ ओलीले बिरोध गरेका छन् ।
नेपाली काङ्ग्रेसको अर्को शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ पनि अबैधानिक तरिकाले संचालन भइरहेको छ । बिगतमा रामजी घिमिरे अध्यक्ष हुने समयसम्म सरकारी र निजी स्तरका दुबै दर्ता ट्रेड युनियन आफैंले अध्यक्ष भएर संचालन गरेका थिए तर हाल कार्यबाहक दिने बेला सरकारीस्तरको ट्रेड युनियनको कार्यबाहक रमिला चैलागाइलाई दिएको छ भने निजी स्तरको कार्यबाहक साहिली गिरीलाइ दिइएको छ ।
निजी प्रतिष्ठानस्तरको ट्रेड युनियनको श्रम बिभागमा नवीकरण गरिएको छ । सरकारीस्तरको ट्रेड युनियन निजामती ऐनअनुसार दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघ नवीकरण नभएर दर्ता खारेज भएको छ ।
रामजी घिमिरे पीएसआई इन्टरनेशनल लगायतका भोजभतेरमा ब्यस्त हुने, महासचिव दीपकराज भट्ट शेरबहादुर देउवा, आरजु देउवा, भानु देउवा र रमेश लेखकको नाम भजाएर सरुवा, बढुवा र ठेक्कापट्टामा ब्यस्त हुँदा संस्थालाई धरासायी बनाएको आरोप कांग्रेसनिकट स्वास्थ्यकर्मीहरुले लगाउने गरेका छन् । रामजी घिमिरेले बिधानबिपरीत कार्यबाहक अध्यक्ष दिएको आरोप छ । रमिला चौलागाईं अध्ययन बिदा लिएर धरान पढ्न गएकी छन् । दीपकराज भट्ट असाधारण बिदा लिएर प्रोजेक्टमा काम गरिरहेका छन् । स्वास्थ्यकर्मी संघको बिधान, दर्ता सबै अबैधानिक रहेकाले जेनजीको सरकारले चासोका साथ हेरेमा खारेज हुनेछन् ।
समाजमा स्वच्छ पवित्र सेवा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ट्रेड युनियनमा आबद्व गराएर डलर खेती गर्ने काम गरिएको छ । नेपाल स्वास्थ्य स्वयंसेवक संघको अध्यक्ष बसन्ती महर्जन छिन् । यो संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेससँग नजिक छ । नेपाल स्वास्थ्य स्वयंसेवी संघका अध्यक्ष गीतादेवी थिङ छन् । यो जिफन्ट नजिक रहेको छ । यी दुबै महिला स्वास्थ्य स्वयंसेविका सम्बन्धी ट्रेड युनियन पीएसआई इन्टरनेशनलसँग आबद्व रहेका छन् । कोही यूएनआईसँग पनि आबद्व छन् ।
बाहिरी आवरण ट्रेड युनियनको अन्तर्राष्टिय संघ भनिएता पनि अप्रत्यक्ष रुपमा शक्तिराष्ट्रहरुको डिपस्टेट को स्रोत लगानी भएको स्रोत बताउँछ । नेपालमा भएका ६० हजार महिला स्वास्थ्य स्वयंस्वयंसेविकामा शक्तिराष्टहरुको अप्रत्यक्ष लगानी भएकाले कुनै दिन बिष्फोटक पनि हुन सक्दछ । यो बिषयमा ट्रेड युनियनका नेता, नेपाल सरकारका पदाधिकारी तथा सम्बद्व नेताहरु सचेत भएको पाइँदैन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend