काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि सोमबार गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा राखिएकाहरुले धमाधम असन्तुष्टि ब्यक्त गरेका छन् ।
समितिको निर्देशक समितिको सदस्यमा नसोधी राखिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका कमल थापाले आपत्ति जनाएका छनु । र, उनीहरु उक्त समितिमा नबस्ने जनाउ दिइसकेका छन् ।
केशरबहादुर बिष्ट र सल्लाहकार राजेश झा अहिराजले पनि समितिमा राखिएकोमा असन्तुष्टि ब्यक्त गरेका छन् । बिष्टले उक्त समितिमा आफू नरहेको धारणा सार्वजनिक गरेका छन् ।
राजेश अहिराजले त आफूलाई समितिको सल्लाहकार राखेको मिडियाबाट थाहा पाएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । उक्त समितिको सल्लाहकारमा आफू नभएको र आफूसँग कुनै सल्लाह पनि नगरिएको बताएका छन् । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा नेकपा बिभाजनपछि अहिराजलाई मधेश प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका थिए । एमालेको कोटामा उनी प्रदेश प्रमुख भएका थिए ।
सोमबार राजावादीहरूले गठन गरेको निर्देशक समितिको संयोजकमा नवराज सुवेदी, सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङ्देन, र हरिबहादुर बस्नेतको नाम प्रस्ताव गरिएको छ । सदस्य सचिवमा रविन्द्र मिश्रको नाम प्रस्ताव गरिएको छ ।
निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend