Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बलात्कार आरोपमा पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ


    आइतबार, साउन ४ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

    बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

    जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

    अदालतबाट पक्राउ पूर्जी जारी भएपछि अहिराज दुई महिनादेखि फरार थिए । पक्राउ पूर्जी जारी भएको खबर पाएपछि भारत भागेको हुनसक्ने आशंका प्रहरीले गरेको थियो ।

    गएको माघ ३ गते नै जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध जाहेरी दर्ता भएको थियो ।

    राजेश झाअहिराजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको प्रदेश प्रम्ुख नियुक्त गरेका थिए । तर पछिल्ला दिनमा उनी राजावादी कित्तामा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार