काठमाडौँ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस पीएम कपमा बनेको यो दोस्रो शतक हो । यस अघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २-२ विकेट लिएका थिए ।
यो जितपछि आर्मीले लगातार चौथो जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै कोशी प्रदेशले भने आफ्नो लगातार चौथो हार बेहोरेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend