Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीएम कपमा आज दुई खेल हुँदै


    शनिबार, चैत्र २ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

    आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार