Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि


    सोमबार, फाल्गुन १९ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । केपी ओली कपको उपाधि  मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो ।

    मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा बल छिरेपछि ग्ल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।

    प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

    यो फाइनलमा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिको रुपमा भएको उपस्थितिले दर्शकको उपस्थिति खचाखच रहेको थियो । आयोजकले जथाभावी पास वितरण गरेका कारण आधा भन्दा बढी दर्शक खेल हेर्न नै नपाएर फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार