Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एसएसपी अशोक सिंहको एक्सनः थानकोटका इन्स्पेक्टर १५ हजार घुस लिंदालिंदै पक्राउ


    आइतबार, पुष १९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले मातहतका बृत्त र प्रभागमै भ्रष्टाचार बिरुद्ध सून्य सहनशीलताको अभियान सुरु गरेका छन् । एसएसपी सिंहको अभियान अन्तर्गत परिसरको टोलीले महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई आज १५ हजार घुससहित नियन्त्रणमा लिएको छ । शर्माले मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १५ हजार घुस लिएको सूचना पाएपछि परिसरको टोली खटाइएको थियो ।

    एसएसपी सिंहले थानकोट बृत्तका प्रहरी निरीक्षकलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको स्वीकार गरे । उनले भने, मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको पाइएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    शर्मा मुद्दा फाँटका इन्स्पेक्टर हु्न् । उनी लामो समयदेखि बृत्तको मुद्दा फाँटामा थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार