काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ ।
पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उहाँले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “केही साथीहरु बरालिनुभएको छ, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”
उहाँले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गर्नुभयो ।
नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गर्नुभयो । बैठकमा महासङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताउनुभयो । महासङ्घका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले सङ्गठनको हाल कायम १५१ सदस्यीय केन्द्रीय कमिटीमा ६१ सदस्य नयाँ थप गरिएको जानकारी दिनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend