Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डब्ल्यूएचओद्वारा फाइजरकाे भ्याक्सिनलाई स्वीकृति


    शुक्रबार, पुष १७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले बिहीबार फाइजर र बायोनटेकको कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । अब विश्वभरका देशहरुलाई यस भ्याक्सिनको आयात र वितरणका लागि अनुमति प्रदान गर्न ढोका खुलेको छ ।

    यसअघि नै बेलायत, अमेरिका, क्यानेडा, युरोपेली युनियनलगायत विभिन्न देशहरुले यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएका थिए । यी देशहरुमा भ्याक्सिन लगाउने काम भइरहेको छ ।

    डब्ल्यूएचओका मारियाएंगेला सिमाओले भनेका छन्, ‘संसारभर कोरोना भाइरस भ्याक्सिनको वैश्विक पँहुच सुनिश्चित गर्ने दिशामा यो निकै उपयोगी पहल हो ।

    विश्वको जनसंख्याको आवश्यकलाई नियाल्दै भ्याक्सिनको पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गर्नका लागि वैश्विक स्तरमा अझै धेरै प्रयास गर्नुपर्ने आवश्यकता छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार