Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रिमियर लिग : आर्सनल र सिटीको जित, चेल्सीको हार


    आइतबार, फाल्गुन ४ २०८१
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

    आर्सनलले शनिबार राति लेस्टरलाई २-० ले पराजित गरेको हो। लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलका दुवै गोल मिकेल मोरिनोले गरेका थिए ।

    मोरिनले खेलको अन्तिम समयतिर गोल गरेका थिए। उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेर टिमलाई जिताए ।

    आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ। लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।

    शनिबारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार व्यहोरेको छ।

    म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हराएको छ। शनिबारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले ।

    प्रिमियर लिगमा शीर्षस्थानमा लिभरपुल छ। उसको ५७ अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार