प्रयागराज । महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् ।
यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो घटनाको रूपमा रेकर्ड भएको छ, ४५ दिनसम्म चल्ने महाकुम्भ सकिनका लागि अझै ११ दिन बाँकी छ ।
भारतीय समाचार माध्यमलेअमेरिका र चीनको कुल जनसङ्ख्या पछि तेस्रो ठूलो जनसङ्ख्या बराबरको मानिस प्रयागराज पुगेका हुन् ।
ब्राजिलको रियो फेस्टिवल वा जर्मनीको अक्टोबर फेस्टिभलमा हुने भीड यसको तुलनामा केही होइन। फेब्रुअरी ९ बाट सुरु भएको रियो कार्निवल १७ फेब्रुअरीसम्म चल्ने छ, जसमा दैनिक २० लाख मानिसले अवलोकन गर्ने गर्दछन् । त्यस्तै, १६ दिनसम्म चल्ने जर्मनीको अक्टोबर फेस्टमा करिब ७० लाख मानिस सहभागी हुने गरेको रेकर्ड कायम छ ।
तर, महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो उपस्थितिको घटनाको रूपमा उल्लेख भएको छ ।
शनिबार र आइतबार पनि ठूलो भीड हुनसक्ने प्रशासनको अनुमान गरेका छन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि लखनउमा बैठक गरेर वरिष्ठ अधिकारी आफै सडकमा उत्रिएर हरेक तहमा जवाफदेहिता कायम गर्न निर्देशन दिइसकेका छन । मुख्यमन्त्री योगीले प्रयागराज महाकुम्भ जाने बाटोमा कतै पनि जाम नहुने बताएका छन् । ‘भक्तजनलाई कुनै समस्या नपरोस, जाम भयो भने त्यहाँका पदाधिकारीको जवाफदेही हुनेछन्’ उनले भने ।
उता, कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धीले फेब्रुअरी १६ मा महाकुम्भमा डुब्ने भएका छन्। कांग्रेस स्रोतका अनुसार उनको आगमनको कार्यक्रम लगभग टुङ्गिएको छ, तयारी भैरहेको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend