Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी


    शुक्रबार, फाल्गुन २ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा कर्मचारी नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्रधिकरणले प्राविधिक, समूहः ए.ट्रा.स., तह स् सातौँ, पद स् वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

    स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४. ११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गरिने प्राधिकरणले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र दरखास्त फाराम भर्न सूचनामा उल्लेख गरिएको छ ।

    2025-02-14-12-06-27-2081-11-02-14

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार