काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिंदैआएका छन् । जनयुद्ध दिवसमा बिदा दिने निर्णयको सत्ता साझेदार भएको समयमा पनि उनले बिरोध गरेका थिए । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो ।
माओवादी केन्द्रले जितेका स्थानीय तहले भने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । गुल्मीमा माओवादी केन्द्रले जितेका दुई पालिकाले जनयुद्ध दिवसका दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नै गरेका छन् ।
गुल्मीको मालिका र धुर्कोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सम्बोधन गरेका थिए । पूर्वप्रधानमन्त्री प्रचण्ड गएका गुल्मीका कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी दानबहादुर कार्कीसमेत सहभागी थिए । प्रचण्डको चाकडीका लागि उनी तुल्सीपुरबाट गुल्मीको अर्खावाङ पुगेको चर्चा हुने गरेको छ ।
डीआईजी कार्की गएपछि गुल्मीका एसपी राजन भूजेल जानु स्वभाविक नै हो । एसपी भूजेल बिदामा भएकाले डीएसपी चिरन्जीवी दाहाल कार्यक्रममा गएका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन घिमिरे पनि धुर्कोट र मालिक दुवै कार्यक्रममा पुगेका थिए । बहालवाला मन्त्री गएको कार्यक्रम भए डीएसपी र प्रजिअ जानु स्वभाविक नै हो । तर पूर्वप्रधानमन्त्री जाने पार्टीको सामान्य कार्यक्रममा एसपी र प्रजिअको उपस्थिति नै अनिवार्य छैन भने डीआईजी जानुपर्ने होइन । तर कार्की बुधबार दिनभर गुल्मीमा प्रचण्डसँगै कार्यक्रममा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री सरह सम्मान दिएर उनी कार्यक्रममा सहभागी भएका थिए ।
यो सरकारको आयुको बारेमा प्रश्न उठिरहेको र अर्को सरकारमा प्रचण्ड प्रधानमन्त्री नै हुने, नभए माओवादी केन्द्र सरकारको मुख्य घटक हुने आँकलन गर्दै डीआईजी कार्की आजका कार्यक्रममा सहभागी हुन पुगेको अर्थ लगाइएको छ ।
आगामी चैतमा प्रहरीमा एआइजी बढुवा हुँदैछ । त्यो बढुवामा पर्नका लागि उनी नेता खुसी पार्न तल्लीन छन् । यसअघि प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा उनी पहिलो वरियतामा डीआईजी बढुवा भएका थिए । रवि लामिछानेका विश्वासपात्र भएकैले उनी पहिलो वरियतामा डीआईजी बढुवा भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend