Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्काशनको मिति सार्वजनिक


    शुक्रबार, पुष १७ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यहि पौष २६ गतेबाट नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले अहिलेसम्मकै ठूलो आईपीओ  निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाइसकेकोले पौष २६ गतेबाट आईपीओको आवेदन खोल्ने तयारी भएको बैंकले जनाएको छ ।

    इन्फ्रास्ट्रकचर बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहका अनुसार अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिन बाँकी छ । कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिएपछि सर्बसाधारणमा आईपीओ निष्काशन गरिने उनले बताए । उनका अनुसार पुस १७ गतेसम्म रजिष्ट्रार कार्यालयबाट स्वीकृति आउने सम्भावना छ ।

    बैंकले सर्वसाधरणको लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

    बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्ने भएको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार