काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन् ।
शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताए ।
उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको बताए। सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कदा आफैँ संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
महामन्त्री थापाले पटक/पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए। अबको तीन वर्षमा देखिने गरि काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।
महामन्त्री थापाले संघीयताका बिषयमा बेठिक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई संघमा देखिएको जिकिर गरे। तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने उहाले बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend