Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैशाखमा चुनाव असंभब : वर्षमान पुन


    बुधबार, पुष १५ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड  माधब नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समयमा चुनाव नहुने बताएका छन् । पुनले बैशखसम्म ओली सरकार नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् ।

     रोल्पाको लिवाङमा हाज बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे ।
    ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने बताए । ‘वर्षौंसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन्’ उनले भने ।

    पुनले आलीलाई  जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न सुझाव दिए । आफैंले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीं न कहीं सम्मान गर्ने उनको भनाइ छ । ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, उनले भने ।नेता पुनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै वैध भएको समेत  दाबी गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार