Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • वर्षमान पुनले भने-प्रधानमन्त्रीले नेताहरुका फोन ट्यापिङ गरिरहेका छन्


    मंगलबार, पुष १४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्रीसमेत रहेका पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए ।

    ‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’ पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार