Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी


    बुधबार, माघ १६ २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।

    २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा उनले ६०१ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्।

    थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ।

    ११ जना सचिव र कोषाध्यक्ष पदको छिनोफानो भइसकेको छ। त्यसैगरी निर्वाचन आयोग उपाध्यक्षमा अशोक भण्डारीको विजयी भएका छन् । कोषाध्यक्षमा फुलमाया रानामगर ‘खुशी’ विजयी भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार