Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रविलाई आज पनि परिवारकै जिम्मामा छाडियो


    बिहिबार, माघ १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा छाडेको छ ।

    शुक्रबार बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

    जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ ।

    बुधबार उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

    बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार