काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एक बनाउने उद्देश्यले आइतबार आएको चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यचौ नेतृत्वको चार सदस्यीय टोलीले आउनासाथ राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्यो । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको छ । ओलीपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने र त्यसपछि सोही पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग भेट गर्ने कार्यक्रम छ । ४ दिनका लागि आएको यर्चौ नेतृत्वको टोली विभाजित नेकपालाई पुनः एक गराउने उद्देश्यले आएको प्रष्टैसँग सार्वजनिक भइसकेको छ ।
यसअघि गएको फागुनदेखि नेकपामा चलिरहेको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीले पटक पटक नेताहरुलाई मिलाउने भूमिका खेलेकी थिइन् । पछिल्लो पटक राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीलाई दुई पदमध्ये प्रधानमन्त्री पद छाड््न सल्लाह दिएपछि उनी चिढिएका थिए । राजदूत यान्छीको सल्लाहलाई अस्वीकार गरी प्रधानमन्त्री ओलीले संसद नै बिघटन गरिसकेका छन् । प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई भेटेपछि उनी संसद नै बिघटन गर्ने तहमा पुगे । र, प्रधानमन्त्री ओलीको महत्वाकांक्षका कारण एकताबद्ध भएको नेकपा फुटेपछि चीनले उच्चस्तरीय टोली पठाएर पुनः एकता गराउने प्रयास गर्न लागेको देखिन्छ ।
तर, नेपालबाट एकतर्फी भ्रमण हुने गरेको चीनका नेताहरुको पछिल्लो नेपाल भ्रमण र चासोलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । हुन पनि महिना दिनभित्रै यो सहित चीनतर्फबाट दुईवटा उच्च स्तरका भ्रमणहरु भएका छन् । सीपीसीकै उच्च तहका नेता एवं रक्षामन्त्री बेई फेङ्गे मंसिर १४ मा मात्रै काठमाडौं आएका थिए । एकदिने त्यो भ्रमणका बेला, दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चर्चा धेरै गरिए पनि प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाको विभागीय मन्त्रालयका प्रमुख अर्थात् रक्षा मन्त्रालय सम्हालेकाले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर रक्षामन्त्री फेङ्गे फर्किए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend