Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ उपमन्त्री र प्रधानमन्त्री ओलीबिच भेटवार्ता


    सोमबार, पुष १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले हिजो राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। 

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमवारका लागि भेट तय भएको बताइए पनि चिनियाँ टोलीले प्रधानमन्त्री ओलीलाई आइतवार राति नै भेट गरेको सामाजिक संजाल ट्वीटर मार्फत जनाएका छन्।दुई घण्टाको भेटमा के कुरा भयो, त्यसबारे केही खुलाइएको छैन। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको थियो।

    आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचाओको नेतृत्वमा काठमाडौं उत्रेको प्रतिनिधिमण्डल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्।

    चिनियाँ टोलीले भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशबारे जानकारी गराएको स्रोत बताउँछ। यद्यपि भेटवार्ताका क्रममा भएका छलफलबारे औपचारिक रुपमा दुवै निकायबाट जानकारी भएको छैन।कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेको अवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो।

    पुस ५ गते  भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार