Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा राष्ट्रिय अनुसन्धानका सूचकको आतंक, सीडीओ र एसपीको नाम लिंदै असुली धन्दा


    शनिबार, माघ ५ २०८१
    3.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • कलैया । बारामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मात्र होइन, नाका–नाकामा राष्ट्रिय अनुसन्धान बिभागको नाममा समेत असुली मौलाएको छ । गएको साउनमा राष्ट्रिय अनुसन्धान बिभाग मोरङका तत्कालीन एसपी तिलक प्रसाईले ब्यापारीलाई धम्काएर रकम उठाएको उजुरी प्रधानमन्त्री कार्यालयमा परेको थियो । एसपी प्रसाईले सिधै ब्यापारीसँग रकम माग गरेको बिषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको भए पनि तराईका भारतसँग सीमा जोडिएका जिल्लाका राष्ट्रिय अनुसन्धान बिभागका एसपीहरुले कतै सिधै त कतै सूचक प्रयोग गरी रकम उठाउँदैआएका छन् ।

    यसैक्रममा बारामा सूचक प्रयोग गरी एसपीले रकम उठाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारीको समेत नाममा सूचक प्रयो गरी रकम उठाउने गरेको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय अनुसन्धानका एसपीको नाममा ब्यापारीहरुसँग दररेट तय गरी असुली हुँदैआएको छ । बिगत ७ बर्षदेखि राष्ट्रिय अनुसन्धान बिभाग, बारामा कार्यरत सूचक जितेन्द्र यादवले प्रजिअ र एसपीको नाममा ब्यापारीसँग मासिक रकम उठाउने गरेको आरोप छ ।

    राष्ट्रिय अनुसन्धान बिभाग बाराका प्रमुख (एसपी) दीपक खड्का छन् भने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी छन् । यादवले बिगत ७ बर्षदेखि सीडीओ र एसपीका नाममा ब्यापारीसँग रकम लिने गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय बारा (इन्सेटमा सूचक जितेन्द्र यादव)

    सूचक यादवले कतिपय ब्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए । तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी खड्काले उनलाई असुलीमा खटाउँदैआएका छन् ।

    बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकाबाट कवाडीको कारोबार गर्ने बादशाह अन्सारीदेखि काजुका कारोबारी प्रेम र दिलीप, गाईगोरु भारत लैजाने मनोज, कपडाका कारोबारी छोटेलाल, भोला साह र अरबिन्दसँग उनले मासिक असुली गर्ने गरेको स्रोत बताउँछ । कपडाका ठूला कारोबारी चन्दन भन्ने सरोज यादवलगायतका ब्यापारीसँग सूचक यादवले सीडीओ र एसपीलाई बुझाउनुपर्छ भन्दै असुल्ने गरेको आरोप छ । स्रोतका अनुसार बादशाह र सरोजसँग मासिक १ लाख र अरु ब्यापारीसँग ४० हजारका दरले उनले उठाउने गरेका छन् ।

    स्रोतका अनुसार सूचक यादवले खुलेआम असुली गर्नेगरेको गुनासो पटक–पटक राष्ट्रिय अनुसन्धान बिभागको मधेश प्रदेशका अनुसन्धान निर्देशक डीआईजी माधव तिम्सिनाकोमा पुगे पनि सुनुवाइ हुन सकेको छैन । राष्ट्रिय अनुसन्धान बिभाग गृहमन्त्रालय अन्तर्गत हुँदा गुनासो गर्दा सुुनुवाइ भए पनि प्रधानमन्त्री कार्यालयमातहत लगिएपछि झन् मनपरी हुँदै गएको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार