काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र घर संरचना बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए।
यस दिवसमा भूकम्पमको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ ।
१९९० को भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो। उक्त भूकम्पले ८० हजार घरसहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend