Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ राजदूत यान्छी माधव नेपाललाई भेट्न कोटेश्वरमा


    शुक्रबार, पुष १० २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं ।आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी छन् ।
    संसद विघटनपछि टुक्रिएको सत्तारुढ दलका नेताहरुलाई भेटेर विवादमा तानिएकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी छन् ।

    राजदूत यान्छी अहिले दिउसो नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेको स्रोतको दावी छ ।यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेकी थिइन् ।

    संसद विघटनपछि चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता एकाएक बढेको छ । यसलाई लिएर कुटनीतिक बृत्तमा विरोध भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार