काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन् ।
प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए ।
लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ। लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ ।
‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने ।
बिहीबार नै रविका पार्टनर गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यस्तै, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग एक लाख धरौटी माग गरिएको छ ।
लामिछानेसहित ४४ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ७ गते अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
उनीहरूसँग सम्पत्ति शुद्धीकरणको कसुर र संगठित अपराध मुद्दासमेत आकर्षित गरिएको छ। सहकारी ठगीका मुख्य नाइके जिबी राई फरार छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend