काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन् ।
प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए ।
लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ। लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ ।
‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने ।
बिहीबार नै रविका पार्टनर गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यस्तै, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग एक लाख धरौटी माग गरिएको छ ।
लामिछानेसहित ४४ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ७ गते अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
उनीहरूसँग सम्पत्ति शुद्धीकरणको कसुर र संगठित अपराध मुद्दासमेत आकर्षित गरिएको छ। सहकारी ठगीका मुख्य नाइके जिबी राई फरार छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend