काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज संवैधानिक इजलासले सुनुवाइ गर्दैछ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनबिरुद्ध परेका सबै रिट संबैधानिक इजलासमा पठाएका थिए ।
रिट निवेदकहरुको तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ताहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि अन्तरिम आदेश नै माग गरेका थिए । तर प्रधानन्यायाधीश राणाले सबै रिट संवेधानिक इजालसमा पठाएका छन् । जसको सुनुवाई आजबाट हुँदैछ । संविधानमा प्रतिनिधिसभा पुनुस्र्थापनाको ब्यवस्था नै नभएकाले सर्वोच्च अदालतले संविधानको रक्षाका लागि पनि पुनस्र्थापना गर्नैपर्ने माग पूर्वन्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीहरुले गर्दैआएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणाविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend