Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल समूहद्वारा केन्द्रीय कमिटी बैठक अगाडि पेरिसडाँडामा छलफल


    बिहिबार, पुष ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल)समूहका नेताहरु केन्द्रीय कमिटी बैठक अगाडि छलफलमा जुटेका छन् । नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ आगामी रणनीति तयका लागि छलफलमा जुटेका हुन् ।

    स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दिउसो १२ बस्ने स्थायी कमिटी र १ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा र आगामी रणनीति तयका लागि छलफल भइरहेको छ । यसअघि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि नेताहरुबीच छलफलका लागि भन्दै १ बजेका लागि बैठक सारिएको छ ।

    यो समूहबाट महासचिव कसलाई बनाउने भन्नेबारे पनि छलफल भएको भुसालले बताए । महासचिवका लागि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, पर्षमान पुनलगायतको चर्चा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार