Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा सचिव हर्कराज राईले आज पदभार ग्रहण गर्ने


    बुधबार, पुष १७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सचिवमा सिफारिस हर्कराज राईले आज शपथ ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेसँगै आज बिहान ११:३० मा सिंह दरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा उनको शपथ हुने भएको हो ।

    सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

    राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् । उनी नेकपा (एमाले) निकट हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार