Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • हर्क राईको प्रश्नः सरकारले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम ल्याउँदैछ कि राजस्व संकलनका लागि मात्रै ?


    शनिबार, असार १३ २०८३
    450
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई अत्यधिक जरिवाना लगाउने प्रस्ताव गरिएपछि त्यसबारे बिभिन्न प्रतिक्रिया आइरहेका छन् ।

    सरकारले ल्याउन लागेको नयाँ सवारी ऐनमा ट्राफिक नियम उल्लंघन गर्नेलाई ढाड भाँच्नेगरी जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

    ऐनको मस्यौदामा मादक पदार्थ सेवन गर्नेलाई ५० हजार र सवारी चलाएको समयमा मोबाइल चलाए १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
    लाइसेन्स बिना सवारी चलाए १५ हजार र गाडीमा अपारदर्शी सिसा राखे १ लाख रुपैयाँसम्म तिर्नुपर्नेछ ।

    नेपालको सडकको अवस्थाले गर्दा अत्यधिक जरिवाना लगाउनु उचित नहुने तर्कहरु सामाजिक संजालमा आइरहेका छन् । सडक दुर्घटना न्यूनीकरण जरिवाना बृद्धिले रोक्न नसकिने तर्कहरु पनि आइरहेका छन् ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सडकका खाल्डाखुल्डी नटाली राजस्व बढाउनमात्र जरिवाना मात्र लगाउन खोजेको आरोप लगाएका छन् ।

    अध्यक्ष राईले सामाजिक संजालमा लेखेका छन्–‘कानुन ल्याउन लागेको बाटो नबनाउने, बाटोको खाल्डा नटाल्ने सरकारले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक नियम ल्याउँदैछ कि राजस्व संकलनको लागि मात्रै डुक्रिंदैछ ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार