Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • २ मंसिरमा पार्टी महाधिवेशन गर्ने ओली समूहको निर्णय


    मंगलबार, पुष ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले महाधिवेशनकाे मिति तय गरेकाे छ।

    आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे एक नेताले बताए।

    बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।

    यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार