Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली नेकपाले धुम्बाराहीको पार्टी कार्यालयमा ताला लगाएपछि प्रचण्ड-माधव समूहको बैठक कार्की बैक्वेटमा


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । फुटको संघारमा रहेकाे सत्तारुढ नेकपामा शक्तिसंघर्ष यसरी चर्किएको छ । ओली पक्षले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा ताला लगाइदिएकाे छ ।

    प्रचण्ड र माधव नेपाल पक्षले पार्टी कार्यालयमै बैठक बस्ने तयारी गरेपछि ओली पक्षले ताला लगाएको हो । त्यसपछि प्रचण्ड र माधव नेपालले पार्टी प्यालेसमा बैठक बस्ने तयारी गरेका छन् ।

    थापाथलीस्थित कार्की बैंकेटमा बैठकको तयारी गरिएको छ । बैठकले ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाहीको तयारी गरेको छ ।

    ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठक पनि बालुवाटारमा बसिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार