Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई टार्गेट गरी प्रमुख तीन दलले गरे यस्तो निर्णय


    मंगलबार, पुष ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकाे मुख्यालय सानेपामा बसेकाे सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।

    संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने जनाएका छन्।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा)को भेलाले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार