काठमाडौं, ४ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड १९) फैलनुको मुख्य कारण चैत ४ मा कतारको दोहाबाट काठमाडौं आएको क्यूआर ६५२ को फ्लाइट थियो । त्यसपछि दुवईबाट चैत ६ मा आएको एयर अरेबियाको विमानबाट आएका यात्रुमा पनि कोरोना संक्रमण देखियो ।
त्यसपछि भारतको दिल्लीस्थित निजामुद्धिन मस्जिदमा तबलिगी जमातले आयोजना गरेको धार्मिक भेला(मरकज)मा सहभागी भएर लुकीछिपी नेपालका मस्जिदमा आएर बसेकाहरुमा कोरोना संक्रमण देखिएको छ । त्यसपछिका अधिकांश कोरोना संक्रमित जमाती नै देखिएका छन् । र्यापीड टेष्टमा समेत जमातीकै पोजेटिभ देखिएको छ । तबलिगी जमातको कार्यक्रमभन्दा अघि सप्तरीको बोदेबसाइनमा २०७६ फागुन ३, ४ र ५ गते भएको सत्संग(इज्तेमा)मा करिब ६० हजार मुस्लिम मौलानाहरु सहभागी थिए ।
सप्तरीको इज्तेमामा आएका विश्वका विभिन्न देशका जमातीमध्ये अधिकांश दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भएका थिए । निजामुद्दिन मरकज दिल्लीमा २०७६ फागुन २२ देखि २८ सम्म चलेको थियो । मरकजकै बीचमा भारतमा लकडाउन घोषणा भयो । १ हजार ७ सय भन्दा बढी भेला भएको मरकजमा परीक्षण गर्दा १४ जना कोरोना संक्रमित पाइएका थिए । त्यसपछि त्यो भेलाबाट जानेहरुमा क्रमशः कोरोना संक्रमित देखियो । भारतीय मिडियाहरुले भारतमा कोरोना फैलाउने मुख्य जिम्मेवार निजामुद्दिन मस्जिदको मरकजलाई ठहर्याएका छन् । अझ पछिल्लो समयमा भारतीय मिडियाले नेपालको सप्तरीमा भएको ३ दिने इज्तेमालाई कोरोना फैलाउने भेलाको संज्ञा दिएका छन् । इज्तेमाको फोटोसहित भारतीय मिडियाले त्यो भेलामा नेपालका मात्र मुस्लिम सहभागी हुने भनेर सरकारसँग अनुमति लिए पनि विश्वबाटै सहभागिता भएको आरोप लगाएका छन् ।

ताज मोहम्मद मियाँ र समिम मियाँ अन्सारी
सप्तरीको बोदेबसाइनको इज्तेमामा भाग लिन आएका र निजामुद्दिन मस्जिदमा गएका जमातीहरु लुक्दै छिप्दै नेपालमा आएको खुलेको छ । उनीहरु ५ नम्बर प्रदेशका कपिलवस्तु, रुपन्देही, बाँके र २ नम्बर प्रदेशका पर्सा, बारा, रौतहट र १ नम्बरको सुनसरी र मोरङबाट नेपालतर्फ प्रवेश गरी मस्जिदमा आश्रय लिएर बसेको देखिएको छ । पर्साको छपकैयाको मस्जिदमा भेला भएका २९ जनामध्ये ३ जना भारतीय नागरिकमा कोरोना पोजिटिभ देखिएपछि जमातीहरुको खोजी तीब्र भइरहेको छ । जमातीहरु काठमाडौंकै मज्जिदमा पनि लुकेर बसेको आशंका गरिएको छ । पर्साको छपकैया, उदयपुरको गाईघाट, कपिलवस्तुको कृष्णनगर, सप्तरीको खड्ग, सिराहा, सुनसरीको भोक्राहाका मस्जिदमा पनि जमातीहरु भेटिएका छन् ।
यसैगरी, मस्जिदहरुमा जमातीहरु समूहमा बस्ने, सामुहिक नमाज पढ्ने क्रम पनि नरोेकिएको पर्सादेखि सुनसरीका घटनाक्रमले देखाएको छ । रमादान पर्व पनि एक सातापछि छ । रमादान पर्वमा पनि सामूहिक रुपमा नमाज पढ्नबाट रोक लगाउन मुस्लिम अगुवा संघ संगठनहरुले औपचारिक आह्वान गरेका छैनन् । जसले गर्दा कोरोना संक्रमण फैलिने त्रास समाजमा ब्याप्त छ ।
जालिम मियाँ (मुखिया)
पूर्व हज कमिटीका अध्यक्ष ताज मोहम्मद मियाँले चीनमा कोरोना भाइरस संक्रमण बढिरहेको बेला सप्तरीमा इज्तेमा नगर्न हामीले आग्रह गर्दागर्दै गरियो । इज्तेमामा आएकाहरु नै निजामुद्दिनको मरकजमा गए । भारतमा लकडाउन हुने भएपछि रातारात मरकजबाट नेपालका मस्जिदहरुमा आएर बसेका कुरा आएका छन् । मुस्लिम महासंघका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयो–म जमातीहरु जुन जुन मस्जिदमा बस्नुभएको छ, यति तबलिगी जमातको भेलामा भाग लिएर आउनुभएको छ भने तुरुन्त सरकारसँग सम्पर्क गरी क्वारेन्टाइनमा बसिदिनुस् । नजिकै आउँदै गरेको रमदानमा पनि सामूहिक नमाज नपढी सरकारले घोषणा गरेको लकडाउनको पालना गर्नुहोस्, सामाजिक दूरी कायम गर्नुहोस् ।’
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अगाडि भन्नुभयो, मुस्लिम अगुवाहरुलाई बोलाएर सामूहिक रुपमा नमाज नपढ्न आग्रह गरेका छौं । रमादान आउन अझै १० दिन बाँकी छ । रमादानमा पनि हामीले सामाजिक दूरी कायम राख्ने सरकारको निर्देशन पालना गर्न आग्रह गरेका छौं । पर्सामा ३ जना मस्जिदमा लुकेर बसेका भारतीयमा कोरोना देखियो त भन्ने प्रश्नमा अन्सारीले भने, लुकेर बसे भन्न मिल्दैन । लकडाउन भएपछि जो जहाँ बसेका थिए, फसेका हुन् । सप्तरीबाट कोही २ महिना, कोही ४ महिना जमातमा जान्छन्, विदेशमा पनि जान्छन्, निजामुद्दिन मरकजमा पनि जानुभयो होला । धार्मिक आस्था हरेकको हुन्छ, त्यही आस्था अनुसार मस्जिदमा बस्ने क्रममा अचानक लकडाउनमा परेर फस्नुभएको हो । लुकेर बसेको कुराको म खण्डन गर्न चाहन्छु । प्रत्येक जिल्लामा रहेका जमातीहरुलाई हामीले सीडीओ कार्यालयको सम्पर्कमा जान, स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेका छौं । त्यही अनुसार सबै जना सीडीओ कार्यालयमा गइसक्नुभएको छ ।
कहाँ कहाँ भेटिए जमाती, अरु कति छन् ?
पर्साको छपकैयाको मस्जिदमा भारतको तबलिगी जमातको कार्यक्रमबाट आएका ३ जनामा कोरोना भाइरस संक्रमण देखिसकेको छ । सो मस्जिदमा ती ३ जनासँगै बसेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु पनि भारतीय नै हुन् ।

६० हजार सहभागी भएको ३ दिने सप्तरीको बोदेबसाइन भेला (इज्तेमा)
भारतीय मिडियाले मस्जिदमा कोरोना संक्रमित लुकाएर राखेको भनेर पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ(मुखिया)लाई लगाएको आरोपमा सत्यता रहेको ३ जना कोरोना संक्रमित भेटिनु र मस्जिदमा अरु २६ जना जमाती राखिएकाले पनि पुुष्टी भएको छ । ती जमातीलाई गाउँपालिका अध्यक्ष मियाँले नै गाडीमा ल्याएर मस्जिदमा राखेको आरोप छ । उनीहरु दिल्लीको निजामुद्दिन मस्जिदमा फागुन २२ देखि २८ सम्म भएको मरकजमा सहभागी भएका थिए । मरकजमा सहभागी भएको समयमा लकडाउन भएपछि उनीहरुलाई पर्साको मस्जिदमा ल्याई आश्रय दिने काम अध्यक्ष मियाले गरेको बीरगंजकै एक पत्रकारले बताएका छन् । जालिमको डरले उनले आफ्नो नाम भने उल्लेख नगरिदिन अनुरोध गरेका छन् ।
बीरगन्जमा भेटिएका कोरोना संक्रमित तीनजना भारतीय करिब ६० हजार मानिससँगै २०७६ फागुन ३, ४ र ५ गतेसम्म सप्तरीको बोदेबसाइनमा भएको मुस्लिम सम्मेलन (इज्तेमा) मा सहभागी भएका थिए । उक्त इज्तेमा गर्न सरकारले सुरुमा अनुमति नदिए पनि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगायतले विदेशी नआउने नेपालकै मुस्लिमले गर्ने भनेर अनुमति लिएका थिए । तर इज्तेमामा विदेशी नआउने भने पनि अरब राष्ट्रदेखि पाकिस्तान, बंगलादेश लगायतका विश्वका धेरै देशका मुस्लिम सहभागी थिए । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आएका थिए । त्यो भेलामा सहभागी मौलानाहरु नै भारतस्थित दिल्लीको निजामुद्दिन मस्जिदमा तबलिगी जमातको भेला (मरकज)मा सहभागी भएका थिए । जिल्ला प्रशासन कार्यालय सप्तरीले त्यो ३ दिने भेला(इज्तेमा)मा नेपाल, भारत, पाकिस्तान, भुटान र बंगलादेशका गरी करिब ६० हजार मानिस सहभागी थिए ।
त्यही भेलामा सहभागी भएर निजामुद्दिन मस्जिदमा गएका र निजामुद्दिनको मरकजबाट फर्किएका २४ जना भारतीय बीरगन्जस्थित छपकैयाको मस्जिदमा बस्दै आएका थिए । उनीहरू सप्तरी, पर्सा, बारा लगायत ठाउँका मस्जिदमा बस्दै वीरगन्ज पुगेको बताइएको छ । धार्मिक यात्रामा हिँडेका उनीहरू सीमानामा पर्ने भारतीय तथा नेपालका अन्य मस्जिदमा बसेका थिए । तीमध्ये सप्तरीबाट घुम्दै चैत १० गते चितवन आइपुगेका १२ जनालाई चितवनकै क्वारेन्टाइनमा राखिएको छ ।
सुनसरी भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मूलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेका छन् ।
इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता नजिक स्थायी ठेगाना भएका भारतीय नागरिकहरु मस्जिदमा फेला परेको बताएका छन् ।
४२ बर्षीय अब्दुल शेख, ३५ बर्षीय साहिदा बिबि, ४२ वर्षीय सवुल, ४० बर्षीय मुसानेहा छन् ।
त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ ।
सप्तरीमा दिल्लीबाट घर फर्किएका ८ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड टेस्ट गराएको थियो । ¥यापीड टेष्टका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । ¥यापिड टेष्ट गरिएका सबै दिल्लीमा भएको तबलिगी जमातको भेलामा सहभागी भएर फर्किएका थिए । यद्यपि उनीहरुको पीसीआर टेष्टमा नेगेटिभ रिपोर्ट आएको छ ।
कपिलवस्तुमा चैत २१ गते कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका ब्यक्ति पनि जमाती नै भएको बताइएको छ । यसरी जमातीहरु भारतबाट आएर सरकारी निकायसँग सम्पर्क नगरी मस्जिदमा बस्दा कोरोना संक्रमण फैलिन पुगेको छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend