Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटका विवादित घुमुवा बारा पुगेपछि…


    बिहिबार, मंसिर २० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुर । बारामा बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानेका एक प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालयले पुनः बारामै काज सरुवा गरेको छ । असई महम्मद हुसेनलाई बारामा घुमुवाका रुपमा अनियमिततामा मुछिएको गुनासोपछि एक बर्षअघि गणमा तानिएको थियो । गणमा ५ महिना राखिएपछि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनका एसपी प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय रौतहटमा काजसरुवा गरिदिएका थिए ।

    रौतहटमा घुमुवाका रुपमा ३ महिनादेखि कार्यरत हुसेनको दरबन्दी कोशी प्रदेशको मोरङमा हो । ९ मंसिर, ०८१ मा हुसेनलाई दरबन्दीमा फिर्ता गरेको पत्र मधेश प्रदेश प्रहरी कार्यालयदेखि मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगिसकेको छ । तर मानवस्रोत विभागका एआईजी भीम ढकालको निर्देशन र मधेश प्रदेश प्रहरी कार्यालयको आदेशमा जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप घिमिरेले हुुसेनलाई जिल्ला प्रहरी कार्यालय बारामा खटाएको पत्र दिएका छन् ।

    कोशी, मधेश प्रदेशदेखि सबैतिर मोरङमा काजफिर्ता गरेको पत्र पुगिसकेको अवस्थामा फेरि जिल्ला प्रहरी कार्यालय बारामा रमाना दिइएको छ ।

    रौतहटमा सादा पोशाकमा काज सरुवा गरेका असई मोहम्मद हुसेनका बारेमा पुनः गुनासो आएपछि आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दी रहेको मोरङमा रमाना दिन निर्देशन दिएका थिए ।
    हुसेन एक बर्षअघिसम्म दरबन्दीमा नगई बारामा घुमुवा थिए । धेरै गुनासा आएपछि उजुरी छानबिन शाखाले उनलाई १ नम्बर गण नक्सालमा तानेको थियो ।

    बारामा कार्यरत रहेकाले तस्करीको संजालका जानकार उनले पुनः शक्ति प्रयोग गरी बारामा जान सफल भएका छन् । रौतहटबाटै दरबन्दीमा पठाउनू भनेर आईजीपीले दिएको निर्देशनबिपरीत उनलाई बारामा खटाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार