Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बुढानीलकण्ठमा र्‍यापिड टेष्ट गर्दा एक जनामा कोरोना पोजेटिभ रिपोर्ट


    बिहिबार, बैशाख ४ २०७७
    845
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ४ बैशाख ।  राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए-नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु भएसंगै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा एकजना व्यक्तिमा पोजिटिभ देखिएको छ । 

    काठमाडौं खबर डटकमकाअनुसार वैशाख ३ गते बुधवार गरिएको ‍र्यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा पोजेटीभ देखिएको हो । चैत ४ गते इटालीबाट कतार हुँदै नेपाल आएकी महिलालाई बुधबार वडा ८ मा गरेको र्‍यापिड डाइग्नोस्टिकटेस्टमा पोजेटिभ देखिएको थियो । उक्त व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको तथा थप परिक्षण पिसिआरको लागी टेकु अस्पताल पठाएको छ । टेकु अस्पतालले भोलि मात्र रिपोर्ट दिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताएका छन् । 

    पोजिटिभ देखिएका व्यक्ति इटाली हुँदै नेपाल आइपुगेको र २ हप्तादेखि क्वारन्टाइनमा बसेको बताइएको छ ।

    यस विषय र अन्य कोरोना सम्बन्धि नगरपालिकाले गरेको कामका बारेमा प्रस्ट पार्न आज नगरपालिकाले दिनको १ बजे नगरमा प्रेस मिट गर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार