काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमा मन्त्राणीको हैकम चल्ने गरेको छ । मन्त्रीपत्नी सिर्जना सिंहले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकदेखि आयोजना प्रमुखहरुलाई ठेक्कादेखि कर्मचारीको सरुवासम्मको सूची थमाउने गरेकी छन् । मन्त्री प्रकाशमान भए पनि मन्त्रालयका ठेक्कादेखि आयोजना प्रमुखसम्मको सरुवामा मन्त्रीपत्नीकै निर्देशनमा काम हुने गरेका छन् । मन्त्री सिंहको सोझोपनले गर्दा मन्त्रालयमा मन्त्रीपत्नी हावी हुँदैआएकी छन् ।
मन्त्रीपत्नीको हैकम चल्ने भएकाले ठेकेदार र कर्मचारीहरुको चाक्सीबारीमै लाइन लाग्ने गरेको छ । भवन बिभागका २० लाखसम्मका परामर्शका कामदेखि ठूला ठेक्कासम्म पनि मन्त्रीपत्नीकै तोकआदेशमा मात्र दिने गरिएको छ । मन्त्रीपत्नीले हुलै ठेकेदारहरुलाई पठाएपछि भवन विभाग र आयोजनाका कर्मचारीहरु पनि आजित छन् । भवन विभागका एक डीईले भन्छन्–‘मन्त्रीपत्नीका ठेकेदार पनि कति हुन् ?’
पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंहलाई सफल बनाउनभन्दा पनि उनको परिवारभित्रैबाट उनलाई आर्थिक अनियमिततामा मुछ्ने काम हुँदैआएका छन् । ठेक्का र कर्मचारी सरुवामा आर्थिक लाभ लिनेतिर मात्र मन्त्राणीको ध्यान गएको छ । जसले गर्दा पंचायती तानाशाही ब्यवस्थाबिरुद्ध प्रजातन्त्र प्राप्तीको आन्दोलनको नेतृत्व गर्ने सर्वोच्च नेता स्व. गणेशमान सिंहकै इतिहास मेटाउने कार्य भइरहेको टिप्पणी पनि सहरी विकास मन्त्रालयका कर्मचारीले गर्न थालेका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जसरी उनकी श्रीमती मन्जु खाँणले डुबाइन्, प्रकाशमान सिंहलाई पनि सिर्जना सिंहले त्यही पथमा लगिरहेकी छन् । मन्त्री सिंहको अस्वस्थताका कारण उनलाई धेरै कुरा थाहा नै नदिई ठेकेदारसँग सेटिङ गर्ने काम सिर्जनाले गर्दैआएकी छन् । मन्त्रीपत्नी सिर्जनाले ठेक्कापट्टामा देखाएको अतिरिक्त चासोको बारेमा बालुवाटार र बुढानीलकन्ठमा समेत गुनासो पुगिसकेको छ ।
विगतमा गणेशमानकी छोरी रितासिंह बैद्यलाई बाल संगठनको आजीवन अध्यक्ष बनाएपछि उनलाई बिचौलियाहरुले दुरुपयोग गरी बालमन्दिरको जग्गा कौडीको मूल्यमा लिजमा दिन लगाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ पूर्जी नै जारी गरेको छ ।
रितासिंह बैद्यको कारणले गणेशमानको इतिहासमा धब्बा लगाउने कार्य त भएकै थियो, बुहारी सिर्जनाको कमिसन प्रेमले थप विवादमा पार्ने काम गरेको छ । रितासिंहले दलालहरुको फन्दामा परेर बालमन्दिरको जग्गा लिजमा दिंदा उनलाई जीवनको उत्तराद्र्धमा प्रहरीको कष्टडीमा जानुपर्ने अवस्था आएको थियो । श्रीमतीको हस्तक्षेपले प्रकाशमानलाई पनि भवन विभागका ठेक्कामा विवादमा तान्ने संभावना देखिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend