Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सनसिटी अपार्टमेन्टमा बस्ने बुहारीमा देखिएन संक्रमण


    बुधबार, बैशाख ३ २०७७
    880
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३ बैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना भएका सनसिटी अपार्टमेन्टका संक्रमित परिवारको बुहारीको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टबाट सोमबार एकै परिवारका सासु र छोराबुहारीको र्यापीड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर टेष्ट गरिएको थियो । 

    सनसिटीका दोस्रो पटक संक्रमण परीक्षण गरिएको थियो । सोमबार कोरोनाको आशंकामा पाटान अस्पतालमा भर्ना भएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो भने एक जना (बुहारी) को रिपोर्ट नेगेटिभ आएको थियो ।

    मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने ५२ वर्षीया बुहारीको कोरोना नेगेटिभ देखिएपछि पुनः परीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित परिवारकै बुहारीको स्वाब पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । उनले सोही अपार्टमेन्टमा काम गर्ने अन्य दुई जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकिएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार