काठमाडौं । सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडीवी)का आयोजना निर्देशक चुडाराज ढकालको कमीकमजोरी र असक्षमताका कारण देशकै लाइफलाइन सडक नारायणघाट–बुटवल सडक अलपत्र परेको छ । एडीवीले लगानी गरेका अन्य सडकको प्रगति पनि लाजमर्दो छ ।
मन्त्रालय स्रोत भन्छ– नारायणघाट–बुटवल सडक अलपत्र अवस्थामा हुँदा स्थानीयबासीले सास्ती भोगेका छन् नै, यसबाट सरकारसमेत अप्ठ्यारोमा परेको छ । केही दिनअघि एउटा डेलिगेशनसँग यस विषयमा प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट जवाफ नदिई गोलमोटल जवाफ दिएका थिए । उनले स्पष्टरुपमा काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने विषयमा कुरा गरेनन् ।
‘मंसिरसम्म काम सुरु नभए ठेक्का तोड्छौ’ मात्र भनेका थिए । प्रधानमन्त्रीलाई समेत अप्ठ्यारोमा पार्ने काम ढकालले गरेका छन् । ‘काम गर्न नसकेपछि यसको नैतिक जिम्मेवारी लिंदै आयोजना प्रमुखले छाड्नुपर्ने हो । तर उहाँले काम गर्न पनि सक्नुभएको छैन । जिम्मेवारी पनि छाड्न सक्नुभएको छैन’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।
काम अघि बढाउन दबाब दिन भन्दै ढकाल पटक–पटक यस आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सन इञ्जिनियरिङको प्रधान कार्यालय बेइजिङमा गएका छन् । तर उनले ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग राम्रोसँग डिल गर्न सकेनन् । स्रोत भन्छ–उनीसँग डिल गर्ने क्षमता नै छैन । त्यसैले काम अघि बढ्न सकेन ।
जब कि सडक विभागले २०७९ असोजमै पहिलो पटक ठेक्का तोड्ने चेतावनी उक्त कम्पनीलाई जानकारी गराएको थियो । त्यसपछि काम केही अघि बढेको थियो । अहिले काम केही पनि भएको छैन । ठेक्का ताड्ने प्रक्रिया पनि अघि बढेको छैन । सामान्यता यसको जिम्मेवारी ढकालले लिनुपर्ने हो । तर उनले यस्तो असक्षमताको जिम्मेवारी अरुको काँधमा राखेर पन्छिन खोजेका छन्– स्रोत भन्छ । थपिएको ठेक्का सम्झौता अनुसार नै काम गरेको भए पनि यो मंसिरसम्म कम्तीमा ७० प्रतिशत काम पूरा हुनुपथ्थ्र्यो । तर अहिले ५३ प्रतिशतमात्र काम पूरा भएको छैन ।
६ बर्षअघि नै चाइना स्टेट कम्पनीसँग करिब १६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त चाइना कन्ट्रक्सनसँग २०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौतामा यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ ।
स्रोत भन्छ–ढकाल निजी बिदा लिएर ठेकेदारको खर्चमा पटक–पटक विदेश भ्रमण गर्ने गर्छन् । नियम अनुसार यसरी जान मिल्दैन । एडीवीले लगानी गरेको अर्को आयोजना काकरभिट्टा–लौकही सडकको प्रगति झन् लाजमर्दो छ । यसको प्रगति १० प्रतिशतकै हाराहारीमा छ । ठेक्का सम्झौता भएको ३-४ महिना पछि मात्र ढकालले यस आयोजनका लागि परामर्शदाता कम्पनी छानेका थिए । जबकि ठेक्का सम्झौता हुनुअघि नै परामर्शदाता छान्नुपर्ने नियममा व्यवस्था छ ।
काकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा बदनाम बिचौलिया उपेन्द्र शाहीसँग एडीबीका ढकालले घुस डिल गरेको भिडियोको बिषय एक बर्षअघि निकै चर्चामा थियो । प्रकाश ज्वाला मन्त्री भएको शाहीले रेकर्ड गरेको उक्त भिडियोमा ढकालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म रकमको भागबण्डा गर्नुपर्ने कुरा समेत गरेका थिए । शाहीले उक्त भिडियो प्रकरणको बिषय गुपचुप राख्ने सर्तमा अर्को आयोजनाको परामर्शदाता बनाउने डिल गरेको बिषय पनि उजागर भएको थियो ।
यसैगरी एडीबीले लगानी गरेको अर्को सडक मुगलिन–पोखरा सडकको प्रगति पनि निकै निराशाजनक छ । जसका कारण त्यहाँका स्थानीयबासीले ठूलो सास्ती भोगेका छन् ।
ढकाल एमालेनिकट अनेरास्ववियका पूर्व केन्द्रीय सदस्य पनि हुन् । यसको फाइदा उठाउँदै उनी एडीबीमै बस्ने गरेका छन् । किनभने भौतिक पूवाधार तथा यातायात मन्त्रालय गठबन्धन सरकारमा पनि प्रायः एमालेकै भागमा पर्ने गरेको छ । प्रकाश ज्वाला भैतिक पूवाधार मन्त्री भएको बेला उनी एडीवीमा पुगेका थिए । त्यसपछि पटक–पटक आयोजना प्रमुखको फेरबदल हुँदा पनि उनको सरुवा भएन । प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएको बेला यिनी नेकपा (एस)सँग निकट बनेका थिए । अहिले एमालेका देवेन्द्र दाहाल मन्त्री हुँदा एमालेसँग निकट देखिएका छन् ।
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend