काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे छन् । तर विभाग भने निर्देशक (उपसचिव) राजन बीसीले चलाउने गरेका छन् । बिभागमा उनलाई छायाँ डीजीको संज्ञा दिने गरिएको छ ।
बीसी जस्ता बदनाम निर्देशकहरुकै कारण राजस्व अनुसन्धान विभाग पछिल्ला उद्योगी ब्यापारीलाई तर्साउने र भन्सार छलीका सामान भित्र्याउने तस्करहरुसँग फाइदा लिने निकायका रुपमा चिनिन थालेको छ ।
निर्देशक बीसीले विभागका महानिर्देशक घिमिरेलाई गुमराहमा पारी तस्कर र राजस्व चुहावट गर्नेहरुसँग सेटिङ मिलाउने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बुधबार ललितपुरको लेलेबाट समातेर छाडिएका ६ वटा टिफरलाई लिन सकिन्छ । स्रोतका अनुसार १० टिफर गिटी राजस्व छलीको आशंकामा बिभागबाट खटिएको टोलीले समातिएकोमा ६ वटा सेटिङ मिलाएर सुटुक्क छाडिएको छ ।
४ टिफर विभागमा ल्याइएको छ । ६ टिफर निर्देशक बीसीले सेटिङ मिलाएर छाडेको स्रोतले बताएको छ । गिटी बोक्ने टिफरका मालिकसँग ठूलै रकम मोलतोल गरी ६ वटा सुटुक्क छाडेको आरोप निर्देशक बीसीमाथि लागेको छ ।
बर्षौदेखि बीसीको राजस्वमै रजगज
राजस्व अनुसन्धान विभागमा छायाँ डीजीको उपमा पाएका बीसीले २ र ३ नम्बर अनुसन्धान महाशाखाको प्रमुखको जिम्मा पाएका छन् । उनी राजस्व चुहावट गर्नेहरु र तस्करहरुको संजालसँग लामो समयदेखि जोडिएका उपसचिव हुन् । यसअघि राजस्व अनुसन्धान कार्यालय पथलैया र बुटवलको प्रमुख रहिसकेका बीसी हाल विभागको शक्तिशाली निर्देशक मानिन्छन् ।
लेलेबाट बिलबिजकमा बदमासी गरी राजस्व छली गरेको भेटिएपछि समातिसकेका ६ वटा टिफर सेटिङमा छाडिएको घटना प्रतिनिधि उदाहरण मात्र हो, राजस्व अनुसन्धान विभागका बीसी जस्ता निर्देशकहरु पछिल्ला दिनमा राजस्व चुहावट गर्नेहरुसँगै मिलेर लाभ लिइरहेका छन् । पथलैया र बुटवलको राजस्व प्रमुख हुँदा पनि बीसीले तस्कर ब्यापारीहरुसँग लाभ लिएको आरोप थियो ।
बिभागका महानिर्देशक घिमिरेले तिनै निर्देशकलाई बढी विश्वास गर्नाले विभागको छवि धुमिल हुँदैगएको छ । ब्यापारीहरुलाई तर्साउने र मोलतोल गर्ने बदनाम बिचौलिया उपेन्द्र शाहीसँग पनि निर्देशक बीसीको घनिष्ठ सम्बन्ध रहेको बताइन्छ । अहिले पनि शाहीले बीसीमार्फत् विभागभित्र चलखेल गर्ने, ब्यापारीलाई तर्साउने र तस्करीको लाइन चलाउन सेटिङमा बिचौलियाको काम गर्दैआएका छन् । शाहीकै कारण विगतमा बिभाग बदनाम भएको थियो । उनले डिपार्टमेन्टल स्टोरका संचालकसँग करोडौंको बार्गेनिङ गरेको बिषय संसदमै उठेको थियो ।
बर्षौंदेखि कार्यरत कर्मचारी हटाइए, प्रधानमन्त्री कार्यालयको निर्देशन अवज्ञा
राजस्व अनुसन्धान विभागमा बर्षौंदेखि कार्यरत कर्मचारीलाई हटाइएको छ । कम्युटर अप्रटेरमा कार्यरत ३ कर्मचारीलाई राम्रो काम गर्दागर्दै हटाइएको छ । आवश्यकताका आधारमा राखिएका ती कर्मचारी प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी निकट कार्यकर्ताका आफन्त रहेकाले करार थप गर्न दिएको निर्देशन दिंदा पनि पालना नगरी हटाइएको छ ।
प्रधानमन्त्री ओलीका निजी सचिव विनोद कुँवरले उनीहरुको करार थप गर्नका लागि गरेको अनुरोधको समेत सुनुवाइ नभएको स्रोतले बताएको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend