Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्वश्रीमतीमाथि अनुसन्धान गर्न माग


    बुधबार, कार्तिक २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् ।

    एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकरी ठग भनिएकोप्रति आपत्ति जनाउदै आफ्नी पुर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।

    गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने उल्लेख गरेका छन् ।

    गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति जनाएका छन् ।

    उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार