Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री दाहालले गरे निर्माणाधीन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण


    सोमबार, कार्तिक २६ २०८१
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।

    निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

    निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।

    २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन ।

    ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम  र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहनेछ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।

    हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइनेछ र चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाई ओभर मुनिबाट चल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार