पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी ) ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका छन् ।
आइतबार पोखरामा आयोजित रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति अर्यालले कार्यवाहक कसले पाउछ भन्ने विषय गौण रहेको बताउँदै जिउँदो रहेसम्म रास्वपाको सभापति लामिछानेनै भएको स्पष्ट गरेका हुन् ।
उनले भने-‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो । उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन ।’
सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले पार्टीको कार्यवाहक नतोकेको भन्दै सार्बजनिक रुपमा आलोचना भइरहेका बेला उपसभापति अर्यालको यस्तो धारणा बाहिर आएको हो ।
रास्वपामा उपसभापति अर्याल र डा. स्वर्णिम वाग्ले गरि दुई जना भएपनि अर्यालले नै लामिछानेको अनुपस्थितिमा कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend