Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गोरखाका एक युवकमा कोरोना पोजेटिभ


    बुधबार, बैशाख ३ २०७७
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, ३ बैशाख।  गोरखाका एक युवामा कोरोना संक्रमण देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्ट आरडीटी किटबाट गरिएको कोभिङ–१९ परीक्षणमा गोरखा आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो ।

    गएको फागुन २३ गते बहराइनबाट फर्किएका उनको थप परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्ष्यण नदेखिएको र युवा बिरामी पनि नभएको स्थानीयको भनाई छ ।

    यसअघि काभ्रे र धादिंगमा पनि तीन जनालाई र्यापिड टेस्टका क्रममा पोजेटिभ रिर्पोट आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार