काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखरामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताले दिएको उजुरीमा प्रहरीले छानबिन सुरु गरेको हो । स्वर्णलक्ष्मी सहकारी पनि जीबी राईकै हो ।
जीबीको उक्त सहकारीका बचतकर्ताले दानबहादुर कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा करिब डेढ बर्षअघि नै जाहेरी दिएका थिए । तर परिसरमा दर्ता भएको जाहेरीमा अनुसन्धान नगरी पीडितलाई थप पीडा दिइएको थियो । त्यतिबेला दानबहादुर कार्कीले अनुसन्धान नगरी पेन्डिङमा राखेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेलमाथि अनुसन्धान अघि बढेको प्रहरी स्रोतले बताएको छ ।
लामिछानेबिरुद्ध परेको स्वर्णलक्ष्मीको जाहेरीमा मात्र होइन, तत्कालीन एसएसपी कार्कीले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा तामेलीमा राख्न सिफारिस गरेका थिए । जुन सिफारिसका आधारमा राहदानी मामिलामा लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको थियो ।
राहदानी मामिला र स्वर्णलक्ष्मीदेखि पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको जाहेरी नै दर्ता नगर्ने वातावरण मिलाएबापत कार्कीलाई लामिछानेले गृहमन्त्री हुँदा पहिलो वरियतामा डीआईजी बढुवा गरेका थिए । गएको जेठमा डीआईजी बढुवा गर्दा कार्की आफ्नो ब्याचबाट पहिलो वरियतामा परेका थिए । कास्कीका तत्कालीन एसपी मोहन थापालाई सूर्यदर्शनको जाहेरी दर्ता नगरी होल्डमा राख्न लगाउने भूमिका पनि कार्कीले नै खेलेर लामिछानेलाई खुसी पारेका थिए ।
लामिछाने गृहमन्त्री हुँदा कार्कीले आईजीपी बसन्तबहादुर कुँवरलाई आफू अनुकूल चलाउँदैआएका थिए । १४ चैत, २०८० मा बसेको संसदको राज्यब्यवस्था समितिको बैठकमा आईजीपी कुँवरले लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रमाण नभेटिएको अभिब्यक्ति दिएका थिए । जुन अभिब्यक्ति निकै विवादमा परेको थियो । उक्त अभिब्यक्ति पनि डीआईजी(तत्कालीन एसएसपी) कार्कीकै सल्लाहमा दिएकाले आईजीपी विवादमा परेका थिए ।
२०८१ भदौ १२ गते आईजीपी कुँवरले रुपन्देही जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासो आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए । उनले मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलप्रति संकेत गर्दै एक डीआईजीको खातामा अस्वभाविक रकम भेटिएकाले छानबिन भइरहेको बताएका थिए । संगठन प्रमुखलाई सार्वजनिक रुपमा यस्तो अभिब्यक्ति दिन लगाउने र विवादमा पार्ने काम पनि कार्कीकै सल्लाहमा भएको बताइन्छ ।
आईजीपीलाई त्यस्तो अभिब्यक्ति दिन लगाएपछि पोखरेल तानिने र आफू मधेश प्रदेश सरुवा हुने खेलमा थिए । तर पोखरेल तानिएनन् । डीआईजीको सरुवामा उनी पनि मधेशमा जाने दाउमा शक्तिकेन्द्र धाइरहेका थिए । लुम्बिनीका कांग्रेस–एमालेका नेताहरुमार्फत् मधेश प्रदेशको डीआईजी हुन खोजेका उनको योजना पूरा हुन पाएन । लालमणि आचार्य मधेश प्रदेशमा सरुवा भए । पूर्वगृहमन्त्री लामिछानेका पक्षमा प्रहरी संगठनको उपयोग गरेकै कारण कार्कीको मधेश सरुवा रोकिएको थियो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend