माेहम्मद हबिब
भैरहवा । चाडपर्वको समयमा तस्करहरु खुला सिमाको फाइदा उठाउदै अवैध ओसारपसार गरिरहेका छन । प्रशासन पनि सुरक्षा व्यवस्थापन, चोरी तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि योजना बनाएर खटिएको छ ।
भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी अवैध ओसारपसार न्यूनीकरणमा लागिरहँदा पनि तस्करहरुले विभिन्न मौकामा अवैध ओसारपसार गरिरहेका छन । सोही क्रममा एक सातामा मात्रै लाखौको सामान रुपन्देहीबाट बरामद भएको छ ।
सोमबार अवैध रुपमा नेपाल भित्रिएको ४ सय ७१ बोरा चिनी २ वटा गोदामबाट नियन्त्रणमा लिइएको छ । भन्सारको कामसँगै तस्करी नियन्त्रणमा लागेको भन्सार कार्यालयले सूचनाको आधारमा अवैध सामान नियन्त्रणमा लिएको छ । हालै मात्रै भन्सार कार्यालयको प्रमुखका रुपमा आएका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको कमाण्ड टोलीले सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिएको छ ।
विशेष सूचनालाई आधारमै भन्सार कार्यालय प्रमुख र सशस्त्र प्रहरी बल नेपाल बीओपी, डण्डा (प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही)ले संयुक्त टोलीले भारतबाट भैरहवामा भित्रिएको अवैध चिनीको गोदाम नियन्त्रणमा लिएको हो ।
संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिकाका–४ स्थित गल्लामण्डी सुगरमिल क्षेत्रमा सैगै रहेको दुईबटा गोदामबाट ४७१ बोरा अर्थात २३ हजार ५ सय ५० किलो अवैध चिनी नेपाली बोरामा प्याक गरी भण्डारण गरेको अवस्थामा बरामद गरिएको भन्सार प्रमुख रेग्मीले जानकारी दिए ।
हामीले नियमित कामसँगै अवैध निकासी–पैठारी नियन्त्रणका लागि पनि संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई आधार बनाई काम गरिरहेका छौ जस्को फलस्वरुप सोमबार ठूलो मात्रामा अवैध चिनी बरामद भएको छ ’, भन्सार प्रमुख रेग्मीले भने ।
हामीसँग भएको सिमित जनशक्तिबाट अधिकतम प्रयोग गरी सुरक्षाका लागि सशस्त्र प्रहरी बलको सहयोग र समन्वयमा काम गरिरहेका छौ । भन्सार र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डीएसपी चन्द्रकुमार थापाको कमाण्डमा खटिएको टोलीको विशेष निगरानील१५ लाख बढिको अवैध चिनी बरामद भएको हो ।

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकल, मोटरसाइकल, रिक्सामा भन्सार छलेर थोरै–थोरै परिमाणमा सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । नोपली बोरामा ति सामान प्याक गरी ठूलो परिमाण पछि बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्छन ।
यस्तै बिहीबार पनि सिमेन्टको ट्रकमा १२ पोका कपडा नियन्त्रणमा आएको छ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका कपडा नेपाली सिमेन्ट सहित नियन्त्रणमा लिइएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको धम्सर क्षेत्रबाट ना ६ ख ७६०५ नम्बरको ट्रकमा अगाडि सिमेन्ट राखी लुकाएर कपडा लैजादै गरेको विशेष सुचना प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत आएपछि सशस्त्र प्रहरीको टोलीले सो सामान ट्रक सहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही र स.प्र.बल, नेपाल सुरक्षा बेश अमुवाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने बुटवल सडक खण्डमा रोकी राखेको सिमेन्ट बोकेको ट्रकबाट लेडिज कुर्ता सलवार, लेडिज कुर्ती, लेडिज जुत्ता चप्पल र सिद्धार्थ सिमेन्ट सहित ट्रक नियन्त्रणमा लिएको छ जस्को मुल्य ५३ लाख ४ हजार रहेको छ । भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्रिएका यि सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाएको छ ।
बरामद कपडा तौलन भनिने राधेश्यामको भन्ने बुझिएको छ, यस अघि पनि उनको सामान नियन्त्रणमा आएको थियो । मोटरसाइकलबाट सिमा पार गरि विभिन्न नाकाबाट अवैध रुपमा कपडा भित्रियाई उनले जिल्लाबाहिर कपडा पठाउने गर्छन ।
तस्करहरु विभिन्न नाकाबाट तस्करी गरेपनि प्रशासनको समन्वयमा भएको सुरक्षा चेकजाँचले उनीहरुलाई निरुत्साहित गर्ने योजनामा छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend